हाम्रो बारेमा

इसाई पवित्र पुस्तकले हामीसँग इतिहास र भविष्यवाणी दुवैद्वारा बोल्छ। यसले हामीलाई पहिले के भएको थियो र चाँडै के हुनेछ भनेर बताउँछ। संसारको विनाश अघि भएको अन्तिम चेतावनीको सन्देश एक चकित पार्ने भविष्यवाणीमा हामी पढ्न सक्छौं।

प्रकाश १४मा भएका तीन स्वर्गदूतहरूद्वारा व्याख्या गरिएको यो चेतावनी सन्देशचाहिँ तीन वटा भागमा आउँछ। सारा संसारले यीमध्ये प्रत्येक चेतावनीलाई सुनेको अति महत्त्वपूर्ण छ।

  • पहिलो स्वर्गदूतले हामीलाई स्वर्ग, पृथ्वी र समुद्र बनाउनुहुने सृष्टिकर्ता परमेश्‍वरको आराधना गर्ने आदेश दिन्छन्। हामीले सृष्टिकर्ताको आराधना गर्नुपर्छ किनभने उहाँको न्यायको घडी आइसकेको छ। यो परमेश्‍वरलाई हामी कसरी चिन्‍न सक्छौं र हामी न्याय गरिनको लागि कसरी तयार हुन सक्छौं भनेर पहिलो स्वर्गदूतले हामीलाई बताउँछ।

  • दोस्रो स्वर्गदूतले हामीलाई अन्तको समयमा धार्मिक पतनको बारेमा चेतावनी दिन्छ। सृष्टिकर्ता परमेश्‍वर र उहाँको प्रकट गरिएको वचनलाई सम्मान नगर्ने धार्मिक प्रणालीहरूबाट ‘बाहिर आओ’ भनी हामीलाई निर्देशन दिएको छ।

  • तेस्रो स्वर्गदूतले हामीलाई चेतावनी दिन्छ कि सृष्टिकर्ता परमेश्‍वर र उहाँका जनहरू विरुद्ध अन्तिम आक्रमण सिर्जना गर्नको लागि दुष्ट जनले पतन भएका धार्मिक प्रणालीहरूद्वारा काम गर्नेछ। दुष्ट जनलाई पछ्याउनेहरूमाथि एउटा “छाप” राखिनेछ, र परमेश्‍वरप्रति वफादार रहनेहरू सताइनेछन्। तर यो भयानक छाप भएकाहरूमाथि परमेश्‍वरले आफ्ना इन्साफहरू खन्याउनुहुनेछ। विश्‍वास र आज्ञाकारिता भएका उहाँका जनहरू मरिरहेको ग्रहको विनाशबाट बचाइनेछन्। तिनीहरू परमेश्‍वरसँग स्वर्गमा जानेछन् र उहाँले संसारलाई यसको मौलिक पूर्णतामा पुनः सृष्टि गर्नुभएको हेर्नेछन्।

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover