
अन्तिम छुटकारा
सारांश
पीडा सदाभरि रहनेछ जस्तो लाग्न सक्छ, तर प्रभु येशू ख्रीष्टले भन्नुभयो कि एक दिन यसको अन्त हुनेछ। उहाँले आफ्ना जनहरूलाई “स्वर्गको राज्य” भनिने ठाउँमा लैजान यस पृथ्वीमा फर्कने प्रतिज्ञा गर्नुभयो। यस अद्भुत ठाउँमा कुनै दुःख, मृत्यु र पुनर्जन्मको चक्र छैन। हामी सृष्टिकर्ता परमेश्वरसँग सदाभरि जिउनेछौं! हाम्रो अन्तिम छुटकाराको लागि हामी कसरी तयार हुन सक्छौं भनी यो पर्चाले हामीलाई बताउँछ।
प्रकार
पर्चा
प्रकाशक
Sharing Hope Publications
उपलब्ध भाषाहरूको सङ्ख्या
8 भाषाहरू
पृष्ठ सङ्ख्या
6
गंगाको किनारमा अन्त्येष्टि संस्कारको समयमा पूजाहारीले मृत आत्माको एक शरीरदेखि अर्को शरीरमा मोक्षको अन्तिम गन्तव्यतर्फको यात्राको बारेमा व्याख्या गर्दछन्। त्यो भीडमा एउटा सानो केटाले उत्सुकतापूर्वक सुन्छ। उसको छेउमा भएको एक जनातर्फ फर्केर उसले अचानक सोध्छ, “यसको अन्त्य कहिले हुन्छ त?”
उसले सोधेको प्रश्न धेरै मानिसहरूले सोचिरहन्छन्। पीडादायी चक्रबाट बच्न हामीलाई पहिले कति पटक जन्म र पुनर्जन्मको आवश्यकता पर्छ? यो प्रश्न इतिहासभरि अनगिन्ती पटक सोधिएको छ, र अझ पनि ठ्याक्कै जवाफ दिन सकेको छैन।
यो पृथ्वीमा जन्म, मृत्यु र पीडाका चक्रहरू सामान्य छन्। तर यस संसारभन्दा पर, जहाँ परमेश्वर रहनुहुन्छ, त्यहाँ पीडादायी चक्रहरू हुँदैनन्—अन्त नहुने खुसी मात्र हुन्छ। धन्यवादको कुरा यो छ कि पीडा र कष्टबाट मुक्ति पाउनको लागि लाखौँ मृत्यु र पुनर्जन्महरू पार गर्नु आवश्यक छैन। तपाईंलाई धेरै रोमाञ्चक कुराहरूको बारेमा बताउन मलाई दिनुहोस्।
पीडाबाट सधैँभरि बनुहोस्!
धेरै समय पहिले प्रभु येशू मानवजातिको रूपमा यस संसारमा आउनुभयो। उहाँले बिरामी मानिसहरूलाई निको पार्नुभयो र अन्य धेरै अचम्मलाग्दा कुराहरू गर्नुभयो। उहाँले पनि एक विशेष ठाउँको बारेमा सिकाउनुभयो, जसलाई “स्वर्गको राज्य” भनिन्छ। उहाँले भन्नुभयो कि स्वर्ग एक यस्तो ठाउँ हो जहाँ कुनै रोग, कुनै पीडा छैन र कुनै पुनर्जन्मको आवश्यकता हुँदैन। त्यो सुन्दर ठाउँमा सबै जना सधैँभरि जीवित रहन्छन्।
प्रभु येशूले यो अद्भुत राज्यको बारेमा सिकाउनुभयो, र त्यसपछि हाम्रा खराब कार्यहरूको परिणामबाट हामीलाई स्वतन्त्र पार्नका लागि उहाँले आफ्नो जीवन बलिदानको रूपमा दिनुभयो ताकि यदि हामी इच्छा गर्छौं भने हामी त्यहाँ जान सक्छौं।
उहाँको बलिदानको मृत्युको तीन दिनपछि उहाँ चिहानबाट बौरिउठ्नुभयो र स्वर्गको राज्यमा उक्लनुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई प्रतिज्ञा गर्नुभयो कि तिनीहरूलाई स्वर्गमा लैजानको लागि युगको अन्तमा उहाँ फर्केर आउनुहुनेछ।
के यो एक्दमै राम्रो भविष्य जस्तो लाग्दैन र? हामी प्रत्येकले छुटकारा प्राप्त गरेको अर्थात् सधैँभरिको लागि पीडाबाट उम्केको येशू चाहनुहुन्छ। तर जसरी त्यो सानो केटाले “यसको अन्त्य कहिले हुन्छ” भनेर सोध्यो, त्यसरी नै हामी पनि सोच्छौं कि हामीले मुक्ति पाउन अघि कति समय लाग्नेछ होला।
प्रभु येशू ख्रीष्टको पुनरागमन
चाखलाग्दो कुरा के छ भने, प्रभु येशूका चेलाहरूले पनि त्यही प्रश्न गरेका थिए—यसको अन्त्य कहिले हुन्छ? प्रभु येशूले यस युगका अन्तिम दिनहरूमा बढ्ता भूकम्प, लडाइँ, भोकमरी, विपत्ति र महामारीहरू हुनेछन् भनी व्याख्या गर्नुभयो। समस्याहरू तीव्र गतिमा बढ्दै गरेका देखेर मानिसहरू मूर्च्छा पर्नेछन्। यी कुराहरू प्रभु येशूको आगमनका चिन्हहरू हुनेछन्। अब हामी देख्न सक्छौं कि हामी युगको अन्तमा बाँचिरहेका छौं, किनभने यी सबै चिन्हहरू भइरहेका छन्।
उहाँले प्रतिज्ञा गर्नुभएअनुसार चाँडै नै प्रभु येशू फर्केर आउनुहुनेछ। पृथ्वीबाट मृतकहरू बौरिउठाइनेछन् र तिनीहरूलाई पूर्ण नयाँ शरीर दिइनेछ, जसरी बाइबलले भन्दछ, “प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्” (बाइबल, १ थेसलोनिकी ४:१६)।
त्यस समयमा हामीले चिनेका संसार विनाश हुनेछ, र दुष्टता पूर्ण रूपले नष्ट हुनेछ। हामी आनन्दपूर्ण एक हजार वर्षको लागि स्वर्गमा जानेछौं। त्यसपछि प्रभु येशूले संसारलाई सुन्दरता र पूर्णतामा पुनः सृष्टि गर्नुहुनेछ—जहाँ मृत्यु, पीडा, रोग, नैराश्यता र एक्लोपनाबाट मुक्त हुनेछ। अनि उहाँले प्रतिज्ञा गर्नुभयो कि उहाँको मार्ग पछ्याउनेहरू सबै त्यहाँ हुने निश्चित छ। यो येशूको मार्ग हो।
अन्तिम छुटकारा
येशूले आफू आउनुहुने ठ्याक्कै दिन वा घण्टा प्रकट गर्नुभएन, तर उहाँले आफ्ना अनुयायीहरूलाई धेरै निश्चित चिन्हहरू दिनुभयो, जसबाट हामी उहाँको आगमन धेरै नजिक छ भन्ने कुरा जान्दछौं—शायद तपाईं र मेरो जीवनकालमै होला। कस्तो सुन्दर खबर! प्रभु येशूको आगमनमा हाम्रा खराब कामहरूको परिणामबाट हामीलाई मुक्त गरिनेछ!
यदि स्वर्गको राज्यमा प्रवेश गर्नेहरूमध्ये तपाईं पनि पर्न चाहनुहुन्छ भने, येशूको मार्ग पछ्याउन त्यहाँ तीन साधारण कदमहरू छन्:
१. प्रभु येशूमा विश्वास गर्नुहोस्: जब येशूले बलिदानको रूपमा आफ्नो जीवन दिनुभयो तब उहाँले प्रत्येकका खराब कामहरूको परिणामलाई बोक्नुभयो। यो उहाँले इच्छापूर्वक गर्नुभयो ताकि उहाँले हामीलाई ती खराब कामहरूबाट छुटकारा दिन सक्नुभएको होस्। तपाईंले यस उपहारलाई आफ्नो सारा हृदय, सारा प्राण, र सारा दिमागले विश्वास गरेर यो उपहार स्वीकार गर्न सक्नुहुन्छ।
२. व्यक्तिगत सम्बन्धको विकास गर्नुहोस्: प्रभु येशूले हामी धार्मिक कर्तव्यहरूको सूची मात्र पछ्याएको मन पराउनुहुन्न; हामीले उहाँलाई व्यक्तिगत रूपमा चिनेको उहाँ चाहनुहुन्छ। एउटा मिल्ने साथीसँग आफ्नो मन खोलेर हाम्रा सबै गुप्त कुराहरू बाँडेजस्तै गरी हामी उहाँसँग प्रार्थना गर्न सक्छौं। प्रभु येशूले आफ्नो आत्माद्वारा हरेक दिन हामीसँग रहने प्रतिज्ञा गर्नुभयो, यसैले हामी जुनै पनि समयमा उहाँसँग कुरा गर्न सक्छौं।
३. प्रभु येशूका शिक्षाहरूलाई पछ्याउनुहोस्: येशूले भन्नुभयो कि हामी जागा रहनुपर्छ र उहाँको आगमनको लागि तयार हुनुपर्छ। प्रभु येशूप्रति भक्तिको जीवन जिउनु भनेको यही हो कि हामीले उहाँका आज्ञाहरूलाई पालन गर्छौं, हाम्रो सारा हृदयले उहाँलाई प्रेम गर्छौं, र बादलमा उहाँ देखा पर्नुहुने समयको लागि सधैँ तयार रहन्छौं। प्रभु येशूका अनुयायीहरू हुनको लागि हामीले जान्नुपर्ने सम्पूर्ण कुराहरू बाइबलमा पाउन सक्छौं।
यदि तपाईं उहाँको आगमनको तयारीमा येशूको मार्ग कसरी पछ्याउने भन्ने बारेमा थप जानकारी पाउन चाहनुहुन्छ भने, कृपया यस कागजको पछाडि दिइएको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोला।
Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission.
हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्नुहोस्
नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्नुहोस्!

तपाईंको श्रोता वर्ग खोज्नुहोस्
विशेष प्रकाशनहरू
© 2023 Sharing Hope Publications