मेरो पीडाको लागि न्याय

मेरो पीडाको लागि न्याय

सारांश

दुःख सदाभरि रहनेछैन। यो पर्चाले एक सङ्घर्षरत बलात्कार पीडितको बारेमा कुरा गर्छ जसरी उनले सृष्टिकर्ता परमेश्‍वर दुष्टहरूमाथि ल्याउनुहुने अन्तिम न्यायको बारेमा विचार गर्छिन्। येशूले कसरी कपटी अगुवाहरूलाई निन्दा गर्नुभयो र पीडितहरूको पक्षमा न्यायको प्रतिज्ञा गर्नुभयो भनी यसले वर्णन गर्दछ। तर यदि हामी आफैले गल्ती गरेका छौं भने, प्रभु येशू ख्रीष्टले हाम्रो लागि सहनुभएका पीडाद्वारा हामीले क्षमा पाउने उपाय हामीसँग छ।

प्रकार

पर्चा

प्रकाशक

Sharing Hope Publications

उपलब्ध भाषाहरूको सङ्ख्या

8 भाषाहरू

पृष्ठ सङ्ख्या

6

डाउनलोड

विमला आफ्नो ओछ्यानमा सिधा भएर बसिन्, उनको मुटु ढुकढुक भइरहेको थियो। अर्को डरलाग्दो सपना! हरेक केही दिनमा ती भयानक सम्झनाहरू उनका सपनाहरूमा प्रवेश गर्थे—अर्थात यस्तो सम्झना थियो कि एक जना पुरुषले उनलाई बाह्र वर्षको उमेरमा दुर्व्यवहार गरेको थियो।

विमलाले त्यो दिन बिर्सन सकिनन्। उनले लज्जित र फोहोरी महसुस गरिन् र उनले बोकेकी पीडाको भारीको बारेमा कसैलाई पनि बताइनन्। विमला विश्वविद्यालयमा प्रवेश गरिन्, तर ती डरलाग्दा सपनाहरूले उनलाई अझ पनि पछ्याउँथे। उनले त्यो मानिसलाई घृणा गर्थिन् र उसलाई पाउनुपर्ने कुरा उसले पाउनेछ भन्ने कुराको आशा राखिन्।

कठिन प्रनहरू

विमलाको मन प्रश्नहरूले अशान्ति पारिएको थियो। के उनको बलत्कारीले कर्मबाट न्याय पाउँला त? ऊचाहिँ उनको सहरको एक प्रसिद्ध पवित्र मानिस थियो। उसले मानिसहरूको लागि धेरै राम्रा कामहरू गर्थ्यो, बारम्बार उपवास बस्थ्यो, र देवताहरूप्रति ठूलो भक्ति देखाउने गर्दथ्यो। उसका सबै असल कामहरूको विरुद्धमा एउटा खराब काम जोख्दा के यसले फरक पार्छ र? उनलाई थाहा थिएन कि कर्मका नियमहरूले कसरी काम गर्छन्, तर उनलाई थाहा थियो कि उसको दुष्टताले उनलाई फरक पारेको थियो। विमलाले आफ्नो पीडालाई बिर्सन सकिनन्। 

न्याय भेट्टाउँदै

विमलाको कक्षाको एक जना साथी थिइन्, उनको नाम सायरा थियो जसले आवश्यकतामा परेका महिलाहरूको सहयोग गर्ने एक संस्थामा प्रशिक्षकको रूपमा काम गर्थिन्। एक दिन सायराले उनलाई त्यो केन्द्रमा भ्रमण गर्न सहरको मूल बजारमा बोलाइन्, जुन केन्द्रले विधवाहरू, दुर्व्यवहारमा परेका महिलाहरू र बलत्कार पीडितहरूलाई सहयोग गर्ने गर्दथ्यो। विमलाले काँतर महसुस गरिन् र उनको भयानक रहस्यबारे कसैले थाहा छ कि भनी सोचिन्। तर सायरा धेरै दयालु देखिन्थिन्, त्यसैकारण विमलाले जाने निर्णय गरिन्। तिनीहरू जाँदैगर्दा सायराले गत केही दिनहरूमा उनीहरूले देखेका केही घाइते महिलाहरूको बारेमा बताइन्।

विमलाले लजाउँदै सोधिन्, “गुरुहरूद्वारा दुर्व्यवहार गरिएका महिलाहरू तिमीले कहिल्यै देख्छौ त?”

सायराले जवाफ दिइन्, “हजुर, कहिलेकाहीँ। यो धेरै दुःखको कुरा हो। कुनै व्यक्ति धार्मिक हुने दाबी गर्दैमा ऊ परमेश्वरसँग जोडिएको छ भन्ने कुराको अर्थ लाग्दैन।”

“त्यो सत्य हो ...”

“मेरो गुरु, महागुरुले भन्नुभयो कि हाम्रो समयको धार्मिक संसार धेरै नै भ्रष्ट हुनेछ। हामी भ्रष्ट धर्मबाट टाढा हुनुपर्छ र सृष्टिकर्ता परमेश्वरसँग जोडिनुपर्छ। उहाँले हामीलाई शुद्ध मन दिनुहुन्छ र हाम्रा खराब कामहरूबाट हामीलाई क्षमा दिनुहुन्छ। त्यसपछि हामी ती व्यक्तिहरूको बीचमा हुनेछौं जसले दुष्ट मानिसहरूरहितको उत्तम ठाउँको रूपमा परमेश्वरले पृथ्वीलाई पुनः सृष्टि गर्नुभएको देख्नेछन्।”

“यो त धेरै रोचक सुनिन्छ। तिम्रो गुरु को हुनुहुन्छ?”

“म प्रभु येशू ख्रीष्टलाई पछ्याउँछु। उहाँ एक महान् शिक्षक हुनुहुन्थ्यो, तर पनि उहाँ देहदारी परमेश्वर हुनुहुन्थ्यो। के तिमीलाई उहाँको बारेमा थाहा छ?”

“मलाई लाग्छ कि मैले कतै बजारमा उहाँका केही तस्बिरहरू देखेको छु, तर उहाँको बारेमा मलाई त्यति थाहा छैन। उहाँले अरू के भन्नुभयो?”

बस सडकको पेटीनिर आएर रोक्यो। सायराले भनिन्, “हामी भित्र जाऔं, त्यसपछि म तिमीलाई अझै बताउनेछु।”

आत्मिक पाखण्डीपन

विमला र सायरा बसमा चढे र सँगै बस्ने सिट पनि पाए।

सायराले भनिन्, “येशूले धार्मिक पाखण्डीपनको हानिकारक प्रभावको बारेमा धेरै कुरा भन्नुभयो।” उनले आफ्नो झोलाबाट प्रभु येशूको सानो पुस्तक निकालिन् र त्यो खोलिन्। “हेर्नुहोस् यहाँ के भन्दोरहेछ,” उनले देखाइन्। विमलाले पढिन्,

धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ (बाइबल, मत्ती २३:१४)।

उनले सोधिन्, “शास्त्री र फरिसीहरू को हुन्?”

सायराले बुझाइन्, “प्रभु येशूको समयमा तिनीहरू गुरुहरूजस्तै थिए, तर तिनीहरू धेरै भ्रष्ट थिए।” विमलाले टाउको हल्लाइन् र अगाडि पढ्दै गरिन्।

धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिनीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि सफा होस् (बाइबल, मत्ती २३:२५-२६)।

अनन्तको न्याय

सायराले भनिन्, “सृष्टिकर्ता परमेश्वरले हामीलाई सावधान रहन भन्नुहुन्छ किनभने आत्मिक पाखण्डीपन आज पनि हाम्रो माझमा छ। प्रभु येशूको पुस्तकले भन्दछ कि संसार र धार्मिक प्रणालीहरू पनि हाम्रो समयमा धेरै भ्रष्ट हुनेछन्। तर जब उहाँले संसारलाई पुनः सृष्टि गर्नुहुन्छ तब परमेश्वरले दुष्ट कार्य गर्नेहरूको न्याय गर्नुहुनेछ।”

विमलाले भनिन्, “तिमीलाई कस्तो लाग्छ, उहाँले ठ्याक्कै कसरी न्याय गर्नुहुन्छ होला?” 

“प्रभु येशूको पुस्तकले भन्दछ कि परमेश्वरले हरेकका असल र खराब कामहरू एउटा पुस्तकमा अभिलेख गर्नुहुन्छ,” भनी सायराले बुझाइन्। “युगको अन्तमा प्रभु येशू ख्रीष्ट बादलमा आउनुहुनेछ। सबैले उहाँलाई देख्नेछन्। त्यो पुस्तकमा लेखिएअनुसार उहाँले हामी प्रत्येकको न्याय गर्नुहुनेछ।” 

विमला उत्सुक भइन्। “तर हामीले आफ्ना खराब कामहरूको बारेमा के गर्नुपर्छ?” उनले सोधिन्।

आफू ओर्लिनुपर्ने ठाउँमा पुगेर बसबाट निस्किँदै सायरा मुस्कुराइन्। “त्यो सबैभन्दा राम्रो भाग हो। प्रभु येशू पापबलिको रूपमा मर्नुभयो र फेरि जीवित हुनुभयो। उहाँले यो प्रतिज्ञा गर्नुहुन्छ कि यदि हामीले आफ्नो पाप स्वीकार्छौं र उहाँमा विश्वास गर्छौं भने, उहाँको आफ्नो जीवन बलिदान गर्नुभएको असल कार्य यति शक्तिशाली छ कि यसले त्यो पुस्तकबाट हाम्रा सबै खराब कार्यहरू मेटाउनेछ।” 

सबभन्दा उत्तम न्यायको सन्देश

उनीहरू अपहेलित महिलाहरूको आवश्यकता पूरा गर्ने केन्द्रमा पुगेका थिए। विमलाले गरिब, दुब्ला-दुब्ला विधवाहरू दैनिक खानाको लागि बाहिर पर्खिरहेका देखिन्। उनले एउटी मध्यवर्गीय महिलालाई कालो चस्माको पछाडि कालो आँखा लुकाउने प्रयास गर्दै छिट्टै भित्र पसेकी देखिन्। विमलाको हृदय दयाले निचोरियो। पीडामा परेकी महिला उनी मात्र थिइनन्!

त्यो कुरा सायराले देखिन्। “तिमी ठिकै छौ?”

“हजुर, म ठिकै छु,” भनी विमलाले जवाफ दिइन्। “तर मैले सोच्न थालेकी छु कि हाम्रो न्यायाधीश हुनको लागि प्रभु येशू चाँडै आउन आवश्यक छ। यदि उहाँले दुष्ट मानिसहरूलाई हटाउनुहुनेछ र सुन्दर ठाउँमा असल मानिसहरूलाई सधैँ रहन लानुहुनेछ भन्ने कुरा हो भने, यो मैले सुनेको सबैभन्दा असल न्याय हो!”

यदि तपाईं प्रभु येशूको पुस्तकको बारेमा थप जान्न चाहनुहुन्छ भने कृपया हामीलाई यस कागजको पछाडि दिइएको जानकारीमा सम्पर्क गर्नुहोला।

Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission.

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover