संसारको अन्त्य

संसारको अन्त्य

सारांश

हाम्रो संसारको भविष्यचाहिँ कुनै रहस्यको कुरा होइन। यो बाइबल भनिने प्रभु येशू ख्रीष्टको पुस्तकमा भविष्यवाणी गरिएको थियो। येशूले हामीलाई विशेष चिन्हहरू हेर्नू भनी निर्देशन दिनुभयो ताकि जब अन्त नजिक हुन्छ तब हामीले जान्‍न सकौं। यदि हामीले उहाँका शिक्षाहरू पालन गर्छाैं र उहाँमा भरोसा राख्छौं भने, हामी भविष्यको बारेमा निश्‍चित हुनेछौं। यस पर्चाले हामीलाई संसारको अन्त्य र अनन्तताको सुरुवातको लागि कसरी तयार हुने भनेर बताउँछ।

प्रकार

पर्चा

प्रकाशक

Sharing Hope Publications

उपलब्ध भाषाहरूको सङ्ख्या

8 भाषाहरू

पृष्ठ सङ्ख्या

6

डाउनलोड

रमनदीपले आफ्नो वृद्ध शरीरलाई थप आरामदायी होस् भनी अलिकति सरे। हिजो आज तिनका जोर्नीहरू झन्-झन् दुखेका छन्, र जब तिनले धानका खेतहरूतिर हेरे, रङहरू एकसाथ धमिलो देखिन्थे। तिनले आफ्नी बुहारीले खाना तयार पार्दैगरेकी सुन्न सक्थे, र तिनलाई आफ्नो परिवारले बोझको रूपमा लिन्छ कि भनी तिनले विचार गरे। यो बुढ्यौलीपन न तिनको लागि न त तिनलाई हेरचाह गर्नेहरूका लागि सजिलो थियो।

जब तिनी जवान थिए र मन्दिर हिँडेर जान सक्थे तब त्यो समयमा आफ्नो गुरुले सुनाउनुभएको कुराको विषयमा तिनले विचार गरे। तिनको गुरुले भन्नुभएको थियो कि त्यहाँ चार वटा विश्व युगहरू थिए—प्रत्येक क्रमशः खराब-खराब हुँदैगइरहेको थियो। अन्तिम युग—कलियुग—दुष्कर्म, दुःख र अन्धकारले भरिएको सबैभन्दा खराब हुन्छ। रमनदीपले लामो सास फेरे। शायद यो कलियुग बुढ्यौलीयुग जस्तै थियो अर्थात् एक पटक राम्रो भएका सबै कुराहरूको अन्तिम पतन हो। तिनले मानिसहरू भूकम्प, रोग, हत्या र लडाइँहरूबाट कसरी मरिरहेका छन् भन्ने खबर सुने। जो मरेनन् तिनीहरू भौतिकवादी, निराश र अनैतिक बनिरहेका थिए।

यस दुःखपूर्ण संसार कहिले अन्त्य हुन आउनेछ त? के तिनको वृद्ध शरीर र पतन भइरहेको पृथ्वीको फेरि जन्म हुन सक्छ त?

पृथ्वीको भविष्यवाणी

म तपाईंलाई एक ईश्वरीय भविष्यवाणीकर्तासँग परिचय गराउन चाहन्छु, जसका भविष्यका चिन्हहरूमा म निश्चित रूपमा भरोसा गर्छु। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मावनजातिको रूपमा यस पृथ्वीमा आउनुभएर मानिसहरूलाई निको पार्नुभयो र तिनीहरू स्वर्गको राज्यमा कसरी प्रवेश गर्न सक्छन् भनी बताउनुभयो। ३३ वर्षको उमेरमा उहाँले आफ्नो जीवन बलिदानको रूपमा दिनुभयो। त्यसपछि अचम्मको कुरा यो छ कि उहाँ मृत्युबाट फेरि जीवित हुनुभयो! उहाँले भन्नुभयो कि यदि हामीले उहाँमा भरोसा राख्छौं र उहाँको आज्ञापालन गर्छौं भने, उहाँको बलिदानद्वारा हामी क्षमा र मुक्ति प्राप्त गर्नेछौं।

प्रभु येशूले हाम्रो पृथ्वीको भविष्यको बारेमा बोल्नुभयो र उहाँले यस वर्तमान दुष्ट युगको अन्त्य गराउनेछु भनी दाबी गर्नुभयो। उहाँको पुस्तक, बाइबलचाहिँ भविष्यवाणीले भरिएको पुस्तक हो। अन्त्य कति नजिक छ भन्ने कुरा हामी कसरी जान्न सक्छौं भन्ने विषयमा उहाँले दिनुभएका भविष्यवाणीहरूलाई हामीले ध्यान दिनुपर्दछ।

संसारको अन्त्य

एक दिन प्रभु येशूका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?” (बाइबल, मत्ती २४:३)। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो कि युगको अन्त्य हुन अघि उहाँको आगमन नजिक छ भन्ने कुरा थाहा पाउनका लागि हामीलाई मद्दत गर्ने चिन्हहरू आउनेछन्। यी चिन्हहरूमध्ये निम्न पर्दछन्:

झूटा मुक्तिदाताहरू: प्रभु येशू ख्रीष्टले भन्‍नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्।” (बाइबल, मत्ती २४:४-५)।  म प्रभु येशू हुँ भनी दाबी गरेर आउने ठगाहाहरूको धोकामा हामी पर्नुहुँदैन। उहाँको साँचो आगमन सारा संसारभरि देखिनेछ—“बिजुली पूर्वबाट निस्केर पश्‍चिमसम्म” चम्केजस्तै (मत्ती २४:२७ - KJV)। र सारा संसार भयानक र अचम्मलाग्दा विपत्तिहरूले हल्लाएपछि हुनेछ।

युद्धहरू र युद्धहरूको हल्ला: प्रभु येशूले भन्नुभयो, “तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ।” (मत्ती २४:६-७)। जसरी हामी युगको अन्त्यमा पुग्दछौं, युद्धहरू झन् लगातार र कडा हुनेछन्। 

अनिकाल, भूकम्प र महामारीहरू: उहाँले अगमवाणी गर्नुभएको तेस्रो चिन्हचाहिँ यही थियो कि “ठाउँ-ठाउँमा अनिकाल, महामारी र भुइँचालाहरू हुनेछन्। तर यी सबै पीड़ाहरूका शुरु हुन्।” (मत्ती २४:७-८ - KJV)। नयाँ शताब्दी सुरु भएदेखि २ करोडभन्दा बढी मानिस भोकमरीद्वारा पीडित भएका छन्। नेपालमा वि. सं. २०७२ मा गएको भूकम्पमा परेर आठ हजार मानिसहरूले ज्यान गुमाएका थिए, जुन भूकम्प इतिहासमा सबैभन्दा घातक भूकम्पहरूमध्ये पऱ्यो। रोगले अनगिन्ती ज्यानहरू लिएको छ। निश्चित रूपमा हामी प्रभु येशूले अगमवाणी गर्नुभएका कुराहरू हेरिरहेका छौं। 

नैतिक पतन: प्रभु येशूले भन्‍नुभयो, “दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।” (मत्ती २४:१२)। औसत अनुमान गरिएअनुसार हरेक दिन भारतमा ९१ बलत्कार र ७९ हत्या हुने गर्दछ। मानिसहरू यति आत्म-केन्द्रित हुँदैगएका छन् कि तिनीहरूको व्यवहारले अरूलाई कति चोट पुऱ्याउँछ भन्ने बारे वास्ता गर्दैनन्।

उहाँ महिमाको बादलमा फर्कनुअघि आउनुपर्ने यी सबै चिन्हहरूको भविष्यवाणी प्रभु येशूले गर्नुभयो। जसरी हामीले यी चिन्हहरू घटिरहेका देख्छौं, यसबाट हामी जान्न सक्छौं कि उहाँका भविष्यवाणीहरू सत्य छन् र उहाँको आगमन धेरै नजिक छ।

प्रभु येशूको पुनरागमनको लागि तयारी!

स्वार्थ, घमण्ड र अनैतिकतामा जिउनेहरू प्रभु येशू आउनुहुँदा खुसी हुनेछैनन्। वास्तवमा जब उहाँ बादलमा फर्कनुहुनेछ तब तिनीहरूका सबै खराब कामहरू एकै क्षणमा विनाशकारी रूपमा तिनीहरूमाथि पर्नेछन्। तिनीहरू उहाँदेखि लुक्न खोज्‍नेछन् र पहाड़हरू र चट्टानहरूलाई भन्नेछन्, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ!” (बाइबल, प्रकाश ६:१६)। 

तर प्रभु येशूको बलिदानमा भरोसा गर्नेहरू त्यस दिन तुरुन्तै परिवर्तन हुनेछन् र तिनीहरूलाई नयाँ र अमरत्व शरीर दिइनेछ। तिनीहरू बादलमा उत्रनेछन् र यस पतित संसारबाट सधैँका लागि उम्कनेछन्। यदि तपाईं अनन्तको लागि खुसी हुने यी व्यक्तिहरूमा पर्न चाहनुहुन्छ भने, तपाईंले आज यो साधारण प्रार्थना गर्न सक्नुहुनेछ:

प्रिय सृष्टिकर्ता परमेश्वर, म विश्वास गर्दछु कि प्रभु येशू चाँडै फर्केर आउँदैहुनुहुन्छ। कृपया मलाई सिकाउनुहोस् कि कसरी अहिले मैले प्रभु येशूलाई जान्न र भरोसा गर्न सक्छु ताकि म स्वर्गमा लगिएकाहरूमध्ये एक हुन सकूँ। आमेन।

यदि तपाईं भविष्यको बारेमा प्रभु येशूका भविष्यवाणीहरूको विषयमा अझ जान्न चाहनुहुन्छ भने, कृपया यस कागजको पछाडि दिइएको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोस्।

Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission. Other scripture taken from the Holy Bible translated from Received Text aligned with King James Version. Copyright © 2017 by Trinitarian Bible Society, London, England and Jeewan Marga Prakashan, Kalimpong, Darjeeling, West Bengal, India.

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover