दुष्ट आत्माहरूबाट सुरक्षा

दुष्ट आत्माहरूबाट सुरक्षा

सारांश

दुष्टात्माहरू वास्तविक हुन्, र तिनीहरू धेरै डरलाग्दा हुन सक्छन्। आत्माहरूमाथि शक्ति छ भनी केही मानिसहरूले दाबी गर्छन्, तर तिनीहरूले हामीलाई मद्दत गर्नु अघि पैसा लिन्छन्। येशू ख्रीष्टसँग दुष्टात्माहरूलाई बाँध्‍ने र निकाल्ने शक्ति थियो, तर उहाँले कहिल्यै पैसा माग्‍नुभएन। उहाँले सधैँ मानिसहरूलाई स्वतन्‍त्र रूपमा मद्दत गर्नुभयो किनभने उहाँ दयाले भरिपूर्ण हुनुहुन्छ र उहाँ पनि दुष्ट आत्माहरूले हामीलाई सताएको देख्‍न अति मन पराउनुहुन्‍न। यस पर्चाले हामीलाई दुष्टता कहाँबाट आयो र हामी कसरी दुष्ट आत्माहरूबाट छुटकाराको निम्ति येशूलाई प्रार्थना गर्न सक्छौं भनेर बताउँछ।

डाउनलोड

दक्षिणपूर्वीय एसियाको एक घमाइलो बिहानीमा जब म बजार जानलाई निस्किँदैथिएँ, मेरी छिमेकी अचानक उनी बसेको फ्लाटबाट चिच्याउँदै, हातमा ठूला-ठूला दुई वटा चक्कुहरू अनाैठो तरिकाले हल्लाउँदै बाहिर निस्केर सिधै मतिर दौडेर आइन्। उनको आँखामा डर देखिएको थियो, र मैले अन्धकार र दुष्टको उपस्थितिको महसुस गरें। एक इसाई भएकोले मैले मनमनै सुरक्षाको लागि प्रार्थना गर्न थालें। जब मैले प्रार्थना गरें, तब त्यो दुष्ट आत्मा पराजित भयो, र मेरो साथी शान्त भइन्। त्यसपछि उनले मलाई आफ्नो हातबाट चक्कुहरू लिन अनुमति दिइन्।

येशूको शक्ति 

हजारौँ-हजारले येशूको यो शक्तिको महसुस गरेका छन्। तिनीहरू आत्माहरूको नियन्त्रणबाट मुक्त भएका छन्, रोगहरूबाट निको भएका छन्, श्रापहरूबाट सुरक्षित भएका छन् र शारीरिक खतराबाट जोगाइएका छन्। तर येशू को हुनुहुन्छ त? उहाँको शक्ति कस्तो प्रकारको छ? इसाईको पवित्र धर्मशास्त्र अर्थात् बाइबलमा येशूको कहानी पाइन्छ। दुष्ट आत्माहरूमाथि उहाँको शक्तिको एउटा कहानी यहाँ छ।

एक दिन एउटा बुबाले आफ्नो छोरालाई येशूकहाँ ल्याए। उनले भने, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्दछु, मेरो छोरामाथि कृपा-द‌ृष्टि गर्नुहोस्। किनकि त्यो मेरो एकमात्र छोरा हो। हेर्नुहोस्, एउटा दुष्टात्माले त्यसलाई पक्रन्छ, र त्यो अचानक चिच्च्याउँछ, र त्यसलाई ऐँठाउँछ र त्यसले फीँज काढ्न लाग्छ। त्यसलाई लछारपछार पारेर बल्लबल्ल छोड्छ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ!” येशूले त्यस केटालाई बोलाउनुभयो, तर त्यो दुष्ट आत्माले त्यस केटालाई भुईंमा पछाऱ्यो र काम्न लगायो।

त्यस बुबा र छोरालाई देखेर येशूको हृदय छोयो। उहाँले भन्नुभयो, “तिमी विश्वास गर्न सक्छौ भने, विश्वास गर्नेका निम्ति सबै कुरा सम्भव छन्।”

त्यस बुबाले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।” 

येशूले त्यस दुष्ट आत्मालाई आज्ञा गर्नुभयो, “‘त्यसबाट निस्केर आइज, र फेरि कहिल्यै त्यसभित्र नपस्।’ अनि चिच्च्याएर त्यस केटालाई साह्रै लछारपछार पारी त्यो आत्मा निस्क्यो।” (लूका ९:३७-४२; मर्कूस ९:१७-२७)।

यही बुबाजस्ता धेरै मानिसहरू छन् जो दुष्ट आत्माहरूले तिनीहरूको परिवारका सदस्यहरूलाई आक्रमण गरिरहेका कारणले पीडित छन्। कति जना सुत्न सक्दैनन्। कति जना बिरामी छन्। कति जनाले अनौठा स्वरहरू सुन्छन्। कति जनामा अलौकिक शक्ति छ र पूरा गाउँहरूलाई तर्साएका छन्। तर तिनीहरू सबैले सहायता पाउन ज्यादै इच्छा गर्दछन्! 

यहाँ शुभ समाचार छ: तपाईं येशूलाई प्रार्थना गर्न सक्नुहुन्छ र दुष्ट शक्तिहरूदेखि सुरक्षा माग्न सक्नुहुन्छ।

कुनै मूल्य नलाग्ने सहायता

धेरै आत्माहरूद्वारा निको पार्नेहरू र धेरै झाँक्रीहरू यस्ता समस्याहरूको समाधान गर्नुभन्दा पहिले नै धेरै ठूलो रकमहरू लिन्छन्। 

यहाँ अझै शुभ समाचार छ: येशूले सित्तैमा सहायता गर्नुहुन्छ। 

अघिल्लो बाइबलको कथामा, येशूले त्यो पीडित परिवारबाट पैसा चाहनुभएन। उहाँ यति मात्र चाहनुहुन्थ्यो कि तिनीहरूले उहाँमा भरोसा गरून्। येशूले मानिसहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूका समस्याहरू समाधान गर्न उत्कट इच्छा गर्नुहुन्छ, जसरी असल अभिभावकहरूले तिनीहरूका बच्चाहरूको हेरविचार गर्न चाहन्छन्। 

बाइबलले यो सिकाउँछ कि येशू ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ। संसारले उहाँलाई फेरि विश्वास गरून् भनी सहायता गर्न उहाँ आउनुभयो। सृष्टिकर्ता हुनुभएकोले उहाँसँग संसारलाई दुष्टता, पीडा र मृत्युबाट छुटकारा दिने शक्ति छ। कसरी? 

बाइबलले भन्छ कि त्यहाँ यस्तो एक समय थियो जब ब्रह्माण्डमा कुनै पनि दुष्टता, पीडा, अथवा मृत्यु थिएन। सबै कुराहरू पूर्ण रूपमा एकतामा थिए। तर यो सबै परिवर्तन भयो जब परमेश्वरले सृष्टि गर्नुभएको स्वर्गदूतहरूमध्ये एक जनाले विद्रोह सुरु गऱ्यो। यो स्वर्गदूतले आफ्नो सृष्टिकर्ताको ईर्ष्या गऱ्यो। उसले अरू स्वर्गदूतहरूमाझ झूटहरू फैलाउन थाल्यो, र एक तिहाइ स्वर्गदूतहरूलाई आफ्नो पक्षमा ल्यायो। तिनीहरूले मिलेर परमेश्वरलाई शक्तिको भोको र स्वार्थी भनी आरोप लगाए।

सृष्टिकर्ताले गर्नुपर्ने निर्णय गाह्रो थियो। यदि उहाँले तिनीहरूलाई रोक्नको लागि बाध्य बनाउनुभएको भए—अथवा तिनीहरूलाई नष्ट गर्नुभएको भए—अरू स्वर्गदूतहरू र ब्रह्माण्डका अरू प्राणीहरूले त्यो झूटो आरोपहरू सत्य थिए भनी सोच्न सक्थे। अर्को उपाय भनेको विद्रोही स्वर्गदूतलाई जीवन जिउन दिनु थियो ताकि तिनीहरूको दुष्टता नै तिनीहरूका आरोपहरूको विरुद्धमा प्रमाण बनोस्। त्यसपछि जब समय आउनेथियो, सृष्टिकर्ताले विद्रोहलाई अन्त्य गर्नुहुनेथियो। 

विद्रोह सुरु भएपछि, हाम्रा पहिला अभिभावकहरूले परमेश्वरका चेतावनीहरूप्रति अनाज्ञाकारी भएर दुष्ट दूतहरूलाई यस संसारको दाबी गर्न अनुमती दिए। यी दूतहरूले अब मानविक प्राणीहरूलाई छल र नोक्सान गर्छन्। जेभएपनि सृष्टिकर्तासँग अझै पनि यी दुष्ट दूतहरूको भन्दा धेरै शक्ति छ, र जब हामी माग्छौं, उहाँले हामीलाई खुशीसाथ सहायता गर्नुहुन्छ। 

तपाईंको सुरक्षाको ठाउँमा आउनुहोस्

मलाई आक्रमण गर्न खोज्ने मेरो छिमेकीलाई सम्झनुहुन्छ? उनले चक्कुहरू छोडेपछि उनको मृतक आमाको आत्मा हुने दाबी गर्दै एक डरलाग्दो आवाज उनको माध्यमद्वारा बोल्यो। त्यो दुष्ट दूतले खानाको माग गरे। परमेश्वरसँग यो दुष्टात्मालाई हटाउनुहोस् भनी मसँग हुनेहरूसँग मिलेर मैले प्रार्थना गरें। अन्ततः, त्यो आत्माले उनलाई छोड्यो, र मेरो छिमेकी दिमागको ठीक भयो।

“त्यस्तो फेरि होस् भनी म कहिल्यै चाहँदिनँ!” भन्दै उनी कराइन्। उनले असल र खराब बीचको अद‌ृश्य युद्धको अनुभव गरेकी थिइन् र अँध्यारो पक्षबाट कसरी सुरक्षित हुने भनेर जान्न चाहन्थिन्। त्यसकारण मैले उनलाई येशू र बाइबलको बारेमा सिकाएँ। उनले विगतमा आफूलाई चोट पुऱ्याउने व्यक्तिप्रतिको रीस र तीतोपन त्याग्न येशूसँग सहायताको लागि प्रार्थना गरिन्। साथै उनले आफूलाई असल हृदय दिन र दुष्टतादेखि बचाउन सृष्टिकर्तासँग प्रार्थना गरिन्। उनले यसो गरिन्, र ती दुष्टात्माहरू उनलाई दुःख दिन कहिल्यै फर्केर आएनन्!

के तपाईं येशूको सुरक्षात्मक शक्तिको अनुभव गर्न चाहनुहुन्छ? तपाईं यसरी प्रार्थना गर्न सक्नुहुन्छ: 

प्रिय परमेश्वर, मलाई तपाईंको सहायताको आवश्यक छ। कृपया मेरो जीवनमा भएको कुनै दुष्ट आत्मालाई टाढा भगाउनुहोस्। मलाई नयाँ हृदय दिनुहोस् र मेरो सुरक्षाको लागि पवित्र स्वर्गदूतहरू पठाउनुहोस्। यो सब म येशूको नाउँमा माग्छु। आमेन।

यदि दुष्ट आत्माहरूबाट छुटकारा पाउनमा येशूले तपाईंलाई अथवा तपाईंका प्रियजनलाई सहायता गर्नुभएको होस् भनी चाहनुहुन्छ भने, कृपया यो कगाजको पछाडि दिएको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोस्।

Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission. Other scripture taken from the Holy Bible translated from Received Text aligned with King James Version. Copyright © 2017 by Trinitarian Bible Society, London, England and Jeewan Marga Prakashan, Kalimpong, Darjeeling, West Bengal, India.

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover