
चमत्कारको दिन
सारांश
आफ्नी श्रीमतीसँग भएको विमलको तनावग्रस्त सम्बन्ध बिग्रँदैगइरहेको थियो। तर एक दिन तिनले शबाथको बारेमा सिके, जो सृष्टिकर्ता परमेश्वरको सम्मानमा एउटा विशेष पवित्र दिन हो। तिनले प्रभु येशूको पुस्तक पढ्न थाले र हरेक हप्ता शबाथ दिन मनाउन थाले। बिस्तारै विमलको रिस पग्लियो, र तिनको विवाहमा केही विशेष कुरा हुन थाल्यो।
प्रकार
पर्चा
प्रकाशक
Sharing Hope Publications
उपलब्ध भाषाहरूको सङ्ख्या
8 भाषाहरू
पृष्ठ सङ्ख्या
6
विमलले आफ्नो अटो सडकको छेउमा लगेर रोके। दिनभरि तिनका धेरै ग्राहकहरू भए तापनि तिनले खुसी महसुस गरेनन्। तिनले आफ्नो विवाहको बारेमा सोचिरहन छोड्न सकेनन्। तिनको विवाह बिग्रिरहेको थियो!
तिनले आफ्नी श्रीमती सीमालाई प्रेम गर्थे—तर केही दिनको बीचमा तिनले उनलाई कुट्ने गर्दथे जसमा तिनले आफैलाई नियन्त्रण गर्न सकेनन्। उनले तिनलाई साह्रै क्रोधित बनाउँथिन्। तिनले यो गर्न चाहँदैनथे, तर त्यस्तै भइहाल्थ्यो।
धार्मिक विधि-विधानहरू भइरहेको बेलामा सीमा दुष्टात्माहरूद्वारा नियन्त्रित हुन्थिन् र जोडसाथ नृत्य गर्थिन्, आफ्नो शरीरको नियन्त्रण गुमाउथिन् र आफ्नो कपडा च्यात्थिन्। उनले आफ्नो नियन्त्रणलाई गुमाइरहेकी कुरा विमललाई मन परेनथ्यो। तिनले उनलाई ती विधिहरूमा नजानू भनी भन्थे, तर उनले सुन्दिनथिइन्। उनी च्यातिएको कपडा र बलिदान गरेका जनावरहरूको रगत लागेको अनुहार लिएर घरमा आइपुग्थिन्, अनि विमललाई रिस उठ्थ्यो र उनलाई कुटपिट गर्थे।
सीमा दुई पटक गर्भवती भइन् तर उनका बौलाहपूर्ण विधि-विधानहरूको कारण गर्भपतन भयो। उनी झन्-झन् जिद्दी हुँदैगइन्, र विमल रिसाहा, निराश र दोषी बने।
अझ उत्तम तरिका
विमल आफ्नो अटोमा बस्दा तिनले अझ राम्रो बाटोको लागि नितान्त इच्छा गरे। अचानक तिनले सडक नजिकै भएको भवनको भित्रबाट आवाजहरू सुने। त्यहाँ भित्र केटाकेटीहरू र वयस्कहरू थिए, र कसैले भनिरहेको कथा तिनीहरूले सुनिरहेका थिए।
कथाकारले एक व्यक्तिको बारेमा कथा भने जो आफ्ना समस्याहरूबाट भागिरहेका थिए। तिनले आफ्नो जुम्ल्याहा दाजुलाई धोका दिएका थिए, र तिनलाई यति नराम्रोसँग चोट पुऱ्याएका थिए कि तिनलाई आफ्नै जीवनको डर थियो। तिनी भाग्ने क्रममा मरुभूमिमा बास बसे। ढुङ्गाको सिरानीबाहेक तिनलाई सजिलो बनाउने अरू कुनै कुरा तिनीसँग थिएन। तिनले एक्लो महसुस गरे र आफ्नो परिवारलाई फुटाउनको लागि तिनले के गरे सो कुराको विषयमा पछुतो महसुस गरे।
विमलले ध्यान दिएर सुने। यो मान्छेले कस्तो महसुस गरेका थिए होला भन्ने कुरा तिनलाई थाहा थियो।
कथाकार कथा अगाडि बढाए। त्यो मानिस सुत्दाखेरि तिनले एउटा सपना देखे। स्वर्गसम्मै पुगेको एउटा भऱ्याङ तिनले देखे। स्वर्गदूतहरू त्यस भऱ्याङमा उक्लने र ओर्लने गरिरहेका थिए, मानौं कि त्यो दुःखी र टुक्रिएको मानिसलाई आशिष्हरू तल ल्याउँदैथिए। जब तिनी ब्यूँझे, तब तिनले खुसी महसुस गरे। आफूले सिरानी बनाएको ढुङ्गा लिएर तिनले परमेश्वरको लागि एउटा स्मारक निर्माण गरे। भऱ्याङको दर्शनले तिनलाई फेरि परमेश्वरसँग जोडिएको महसुस गरायो, र सबै कुरा ठीक हुनेछ भन्ने कुरा तिनलाई थाहा थियो।
एउटा नयाँ पुस्तक
जब मानिसहरू गए तब विमल लजाउँदै त्यो भवनभित्र पसे।
कथाकारले “शुभ शबाथ” भन्दै तिनलाई अभिवादन गरे।
विमलले जिज्ञासासाथ सोधे, “शबाथ भनेको के हो?”
कथाकारले जवाफ दिए, “हामी सृष्टिकर्ता परमेश्वरको आराधना गर्छौं। अनि उहाँले हामीलाई हप्ताको सातौँ दिन अर्थात् शबाथमा आराधना गर्नू भनी भन्नुहुन्छ, किनभने उहाँले छ दिनहरूमा संसार सृष्टि गर्नुभयो। जसरी त्यो मानिसले सपनामा देखेको भऱ्याङले स्वर्ग र पृथ्वी जोडेको थियो, त्यसरी नै शबाथचाहिँ प्रत्येक हप्तामा हुने एउटा पवित्र दिन हो जसले हामीलाई परमेश्वरसँग जोड्दछ। जब हामी यो दिनमा आराधना गर्छौं तब हामीले सृष्टिकर्ता परमेश्वरप्रति हाम्रो भक्ति देखाउँछौं र उहाँको आशिष् प्राप्त गर्छौं।”
जुम्ल्याहा दाजुभाइको कथाले विमलको मन छोयो। “तपाईंले यो कथा कहाँ पाउनुभयो?”
“प्रभु येशू ख्रीष्टको पुस्तक, बाइबलमा पाइन्छ। तपाईंले यो कथा यहाँ पढ्न सक्नुहुन्छ,” भन्दै कथाकारले ऱ्याकबाट त्यो पुस्तक लिए र विमललाई दिए।
विमलले त्यो मानिसलाई धन्यवाद दिए र तिनको नयाँ पुस्तक लिएर घर गए। त्यो पुस्तक पढ्दा तिनले शान्तिको महसुस गरे, र तिनी अर्को शनिबार आए। जब तिनी चुपचाप बसेर उहाँको पवित्र दिनमा सृष्टिकर्ता परमेश्वरलाई प्रार्थना गरे, तब तिनको हृदयमा अचम्मको कुरा हुन थाल्यो।
परिवर्तन भएको मानिस
एक दिन जब विमलले आफ्नो नयाँ पुस्तक अध्ययन गरे, तब तिनले यसो भनिएको एउटा पद पाए, “के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ?” (बाइबल, १ कोरिन्थी ३:१६)। तिनको मनमा अचानक ज्योति आयो।
तिनले विचार गरे, शरीर परमेश्वरको मन्दिर भएको कारणले यसलाई हानि पुऱ्याउने अधिकार कसैलाई छैन। मैले मेरी श्रीमतीलाई अबदेखि कुट्नुहुँदैन।
विगतमा तिनले श्रीमतीलाई नकुट्ने प्रयास धेरै पटक गरेका थिए, तर यो पल्टचाहिँ साँच्चै नै काम गऱ्यो। बाइबल अध्ययन गर्ने र शबाथ दिनमा आराधना गर्ने कुराले तिनलाई सृष्टिकर्ता परमेश्वरसँग जोडेको थियो भनी तिनलाई थाहा थियो, जुन परमेश्वरले तिनको हृदय परिवर्तन गर्न मद्दत गर्नुभयो। तिनको छातीबाट एउटा ईश्वरीय हातले ढुङ्गाको हृदय निकालेर त्यसलाई दयालु हृदयले प्रतिस्थापन गरेको जस्तो महसुस भयो।
पुनर्मिलन!
केही वर्षसम्म, विमलले निरन्तर सृष्टिकर्ता परमेश्वरलाई पवित्र शबाथ दिनमा आराधना गरिरहे। सीमाले बिस्तारै आफ्नो श्रीमान्मा आएको परिवर्तन देखिन्। तिनले उनलाई पहिलेजस्तै कुट्दैनथे। त्यसको साटो तिनी कोमल र दयालु भएका थिए।
यति बेला, सीमा धेरै थकित र निराश भइसकेकी थिइन्। विमलले सधैँ प्रभु येशू ख्रीष्टको पुस्तक अध्ययन गरेपछि र शनिबार उहाँको आराधना गरेर घर फर्केपछि तिनी धेरै शान्त देखिन्थे भनी उनले विचार गरिन्। अन्तमा, जब उनी तिनीसँग जान चाहन्छन् कि भनी तिनले उनलाई सोधे, तब उनी सहमत भइन्।
“शबाथ हाम्रो परिवारको लागि एउटा विशेष पवित्र दिन हो,” विमलले भन्छन्। “यो एउटा यस्तो दिन हो जुन दिनमा परमेश्वरले हामीलाई उहाँसँग जोडिन आह्वान गर्नुहुन्छ। जब हामी यो तरिकाबाट उहाँसँग जोडिन्छौं, उहाँले चमत्कार गर्नुहुन्छ। म जान्दछु कि म र मेरी श्रीमतीको वैवाहिक जीवन आज सुखमय भएको छ, किनभने मैले हरेक दिन सृष्टिकर्ता परमेश्वरको सेवा गर्न सिकें, र विशेष गरेर शबाथ दिनमा। शबाथका आशिष्हरूले हामीलाई परमेश्वर र एक-अर्काप्रति झन् नजिक ल्याउँछन्।”
आज विमल र सीमाले दुई छोराहरूको साथमा आफ्नो वैवाहिक जीवन खुसीसाथ बिताइरहेका छन्। तिनीहरूले आफ्ना सबै छिमेकीहरूलाई शबाथ दिनका आशिष्हरूबारे बताउँछन्।
यदि तपाईं शबाथको बारेमा थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ वा बाइबल प्राप्त गर्न चाहनुहुन्छ भने कृपया यस कागजको पछाडि दिइएको जानकारीमा सम्पर्क गर्नुहोला।
Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छScripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission.
हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्नुहोस्
नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्नुहोस्!

तपाईंको श्रोता वर्ग खोज्नुहोस्
विशेष प्रकाशनहरू
© 2023 Sharing Hope Publications