रीसमाथि विजय

रीसमाथि विजय

सारांश

सबैले रीसको अनुभव गर्छन्—तर यदि हामी आफ्नो रीसलाई पक्रिराख्छौं भने त्यसले हामीलाई नष्ट गर्न सक्छ। यो पर्चाले एक मानिसको कहानी बताउँछ, कसरी येशूले अरूहरूलाई क्षमा दिनुभयो र कसरी आफूलाई मार्नेहरूलाई पनि क्षमा दिनुभयो भन्‍ने कुरा सिकेर उसको जीवन परिवर्तन भयो। यदि हामी येशूलाई पछ्याउँछौं भने, उहाँले हामीलाई परिवर्तन गर्नुहुनेछ र अझ उहाँजस्तै बनाउनुहुनेछ। उहाँले हाम्रो रीस र तीतोपना हटाउनुहुनेछ ताकि हाम्रो जीवनले परमेश्‍वरलाई महिमा दिएको होस्।

डाउनलोड

दाराको सासूले यसो भन्दै जिद्धी गरिन्, “पहिलेदेखि हामीलाई जस्तै हाम्रो गाउँमा उनले बच्चा जन्माउँदा उनलाई राम्रै हुनेछ। हामीलाई महँगो अस्पताल चाहिँदैन।”

दारा चिन्तित थियो। तिनको श्रीमती त्यति बलियो थिइनन् र तिनले उनी राम्रो डाक्टरको नजिक भएको चाहन्थे। तिनले बर्बराउँदै भने, “एउटा सासूसँग तर्क गरेर कुनै फाइदा छैन।”

जब तिनको श्रीमतीको प्रसववेदना सुरु भयो, दारा झुप्रोको बाहिर पर्खनुपऱ्यो। उनका कराइहरू बढ्दैगए, त्यसपछि शान्त भए। अन्ततः तिनको सासू बाहिर निस्किन्। उनको अनुहार एक पल्ट मात्र हेरेर तिनलाई थाहा पायो कि तिनले आफ्ना प्रिय श्रीमती र बच्चा गुमाएका थिए। तिनका सबै सपनाहरू र रमाहटहरूसँगै उनीहरूको मृत्यु भएको थियो।

भावनाहीन अवस्था बिस्तारै प्रचण्ड रीसमा परिणत भयो। दाराको हृदयको कुरा बाहिर निस्क्यो, “उनीहरू अस्पतालमा मात्र भएका भए, कुरा अर्कै हुन्थ्यो। यदि उनकी आमा त्यत्ति जिद्धी नभएकी भए त हुनेथियो!” 

दारालाई यस आइमाईबाट टाढा जानु थियो जसले तिनको जीवन नष्ट पारेकी थिइन्। तिनले आफ्ना सम्पत्तिहरू लिई बिदा नमागी गए। 

रीसदेखि भाग्दै

दारा आफ्नी मेली नाम भएकी दिदी र उनको श्रीमान् ट्रेसँग बस्न राजधानी सहरमा गए। त्यो रात उनी ननिदाईकन एक्लै ढल्किरहे। रीसले तिनलाई कालो बादलझैँ पछ्याएको थियो। तिनले अरू केही पनि कुरा सोच्न सकेनन्। 

संयोगवश, दाराले साँझका समयहरूमा आफ्नी दिदीको परिवारसँग हुँदा शान्तिका केही क्षणहरू अनुभव गरे। सँगै खाना खाएपछि, तिनीहरूले राम्रा भजनहरू गाउँथे, र ट्रेले कहानीहरू भन्थे। ती कहानीहरू दाराको बाल्यकालका पौराणिक कथाहरू र दन्यकथाहरूभन्दा एकदमै फरक थिए; तिनीहरू बाइबल नाम भएको इसाईको पवित्र पुस्तकबाट थिए। संसारलाई पूर्ण शान्तिमय स्वर्गको रूपमा सृष्टि गर्नुहुने प्रेमिलो परमेश्वरको कथा दाराले कहिल्यै सुनेका थिएनन्। पहिलो मानवहरूले कसरी आफ्नै बाटोमा हिँड्दा झन् खुशी हुन्छौं भन्ने सोचेर आफ्नो सृष्टिकर्ताको विरुद्ध विद्रोह गरे भन्ने कुरा तिनले सिके। तिनीहरूको डरलाग्दो निर्णयले दुष्टता, दुःख र मृत्युलाई पूर्ण संसारमा भित्र्यायो।

एक दिन दाराले तिनको सासूप्रतिको आफ्नो क्रोधको बारेमा ट्रेलाई बताए। तीतोपन र निराशाले आफूलाई सताएको तिनले बताए। ट्रेले चुपचाप सुने। अन्तमा तिनले भने, “दारा, म बुझ्छु। मैले लडाइँको समयमा धेरै डरलाग्दा कुराहरू अनुभव गरें। तर मैले शान्ति पाएँ। तिमीमा भएको रीसले तिम्रो परिवारलाई फिर्ता ल्याउनेछैन। यो तिम्रो छातीमा हाते बम समात्नु जस्तै हो। यसले तिमीलाई नष्ट गर्नेछ!”

दाराले आफ्नो अनुहार छोपे। तिनले यसो भन्दै विलाप गरे, “म रीस नगरी सक्दिनँ। पहिले मैले मेरो सासू-ससुरालाई प्रेम गर्थें, तर अहिले म तिनीहरूलाई घृणा गर्छु। म कहिल्यै पनि तिनीहरूलाई क्षमा दिन सक्दिनँ।”

जमिनमा लुकिएको घृणाको बम

ट्रेले टाउको हल्लाउँदै भने, “मानवको लागि यो असम्भव छ। तर हाम्रो सृष्टिकर्ताले तिमीलाई सहायता गर्न सक्नुहुन्छ।” 

“परमेश्वरले?” दाराले सोधे। “म तपाईंका कहानीहरू सुन्छु, तर ती साँचो हुन् भनी मैले कसरी थाहा पाउने? त्यसबाहेक परमेश्वर सहायताको लागि के गर्न सक्नुहुन्छ?”

ट्रे हाँसे। “तिमीले बाइबलबाट सिकेका छौ कि कसरी मानिसहरूले यो पूर्ण संसारलाई बिगारे। परमेश्वर तिनीहरूसँग रिसाउन सक्नुहुन्थ्यो, तर उहाँ रिसाउनुभएन। त्यसको सट्टा उहाँले तिनीहरूलाई प्रेम गर्नुभयो र तिनीहरू र यो ग्रहलाई फेरि पुनर्स्थापना गर्ने योजना प्रस्ताव राख्नुभयो। त्योभन्दा पनि बढी, अहिले जब हामी प्रार्थना गर्छौं, परमेश्वरले हामीलाई सहायता गर्न सक्नुहुन्छ। मैले यो कसरी जान्नेको छु? किनकि उहाँले मेरो लागि यो गर्नुभएको छ। म अब रीसद्वारा यातना पाउँदिनँ।”

ट्रेले अझै भने। “हाम्रो हृदयलाई हाम्रो सृष्टिकर्तातिर फर्काउन परमेश्वरको पुत्र येशू यस संसारमा जन्म लिनुभयो। येशू ख्रीष्टको शिक्षा र चङ्‌गाइको प्रसिद्धताको कारण धार्मिक अगुवाहरूमा एकदमै धेरै ईर्ष्या बढ्यो। तिनीहरूले उहाँलाई कसरी मार्ने भन्ने षड्‌यन्त्र रचे। तिनीहरूले उहाँलाई झूटो आरोप लगाए, उहाँलाई कुटे, र उहाँलाई काठे क्रूसमा टाँगे जहाँ उहाँ मर्नुभयो।”

“त्यो अति नै भयानक हो!” दाराले बीचमा बोले। 

“हो, तर येशूले तिनीहरूलाई प्रत्याक्रमण गर्नुभएन वा सराप दिनुभएन। बरु, उहाँले स्वर्गतिर हेर्नुभयो र यसो भनेर कराउनुभयो, ‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।’”

“ओहो,” दाराले भने, “मलाई लाग्दैन कि म त्यस्तो कहिल्यै गर्न सक्छु।”

“म सहमत छु,” ट्रेले उत्तर दिए। “म पनि त्यस्तै सोच्ने गर्थें। म रिसाहा छु। तर दारा, तिमीलाई थाहा छ, येशूले भन्नुभयो, ‘आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर।’ (मत्ती ५:४४ KJV)। येशूले यो सिकाउनु मात्र भएन तर उहाँले पनि यो गर्नुभयो। जब म यी कुराहरूको विषयमा सोच्छु र परमेश्वरलाई मनको चङ्‌गाइको माग गर्छु, तब म परिवर्तन भइरहेको हुन्छु।” 

क्षमारूपी चङ्गाइको शक्ति

पछिल्ला केही हप्ताहरूमा दाराले येशूको मृत्यु र हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्ने शिक्षाहरूका बारेमा पढ़े। तिनले परमेश्वरको लागि आफ्नो हृदय खोले र जसरी आफ्नो दिदीको परिवारले प्रार्थना गरेको देखे त्यसरी नै तिनले पनि प्रार्थना गरे। तिनले आफ्नो हृदयमा भएको दुखाइ र रीसको बारेमा परमेश्वरलाई बताए। जब तिनले आफ्नो हृदयको चोट निको पार्नुहोस् भनी परमेश्वरमा मागे, तब कालो बादल बिस्तारै हट्न थाल्यो।

ट्रेले त्यो परिवर्तन थाहा पाए। “म देख्दैछु कि परमेश्वरले तिमीलाई परिवर्तन गर्दैहुनुहुन्छ,” तिनले दारालाई भने। “के तपाईं येशूको चेला नबन्ने?”

दारा मुस्कुराए, “हो। परमेश्वरले मलाई निको पार्नका लागि मनमा काम गर्दैहुनुहुन्छ। म उहाँको चेला कसरी बन्नु त?”

ट्रेले तिनलाई सिकाए कि येशूलाई पछ्याउनुको मतलबचाहिँ अरू अनुयायीहरूसँग सामेल हुनु, प्रार्थना गर्नु, परमेश्वरको विषयमा सिक्नु र बाइबलमा रहेका परमेश्वरका शिक्षाहरू पालन गर्नु हो। परमेश्वरका जनहरूले कसरी तिनीहरूलाई परमेश्वरले परिवर्तन गराउँदैहुनुहुन्छ भनी अरूलाई भन्छन् र उहाँको शक्तिको अनुभव गर्न अरूलाई निमन्त्रणा गर्छन्। येशूका अनुयायीहरूलाई एउटा प्रतिज्ञा दिइएको छ कि एक दिन उहाँले यो संसारलाई पुनर्निर्माण गर्नुहुनेछ।

दाराले परमेश्वरलाई पछ्याउने निर्णय गरे। एक दिन ट्रेले देखे कि दाराले आफ्ना सामानहरू पोको पार्दैथिए। तिनले उत्सुकतासाथ सोधे, “तिमी कहाँ जाँदैछौ?”

दाराले भने, “म मेरो श्रीमतीको गाउँमा फर्किंदैछु। मैले तिनीहरूलाई माफ दिएँ भन्ने कुरा तिनीहरूलाई म भन्नेछु! अनि म आफूसँग भएको नयाँ आशाको बारेमा बाँड्नेछु।”

यदि येशूले तपाईंलाई कसरी रीस, तीतोपन र निराशामाथि विजय हासिल गर्न सहायता गर्न सक्नुहुन्छ भनी तपाईंले अझै जान्न चाहनुहुन्छ भने, कृपया यो कागजको पछाडि दिइएको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोस्।

Copyright © 2023 by Sharing Hope Publications. व्यापारिक उद्देश्यको लागि बाहेक यो लेख अनुमति विना नै छाप्न र बाँड्न पाइन्छ।
Scripture taken from the Nepali New Revised Version. Copyright © 1997, 2006, 2009, 2012 by Nepal Bible Society. Used by permission. Other scripture taken from the Holy Bible translated from Received Text aligned with King James Version. Copyright © 2017 by Trinitarian Bible Society, London, England and Jeewan Marga Prakashan, Kalimpong, Darjeeling, West Bengal, India.

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover