
तपाईंको अनन्तको घर प्राप्ति
सारांश
सृष्टिकर्ता परमेश्वरले एक सिद्ध, खोटरहित संसार बनाउनुभयो। तर पहिलो मानवहरूले दुःखद छनोट गरे, र पृथ्वी अब सुरक्षित ठाउँ रहेन। इसाई पवित्र-शास्त्र, बाइबलले प्रतिज्ञा दिँदछ कि परमेश्वरले सबै कुरा पहिलेजस्तै राम्रो बनाउनुहुनेछ, तर उहाँको प्रतिज्ञा सत्य छ भनी हामी कसरी थाहा पाउन सक्छौं? यो पर्चाले दानिएल ९मा भएको एउटा चाखलाग्दो भविष्यवाणीको व्याख्या गर्दछ, जसले हामीलाई भरोसा दिन्छ कि बाइबलमा भएका अन्य सन्देशहरू पनि ट्याक्कै परमेश्वरले भन्नुभएजस्तै हुनेछन्।
प्रकार
पर्चा
प्रकाशक
Sharing Hope Publication
उपलब्ध भाषाहरूको सङ्ख्या
12 भाषाहरू
पृष्ठ सङ्ख्या
6
घरलाई हामी प्रेम, भरोसा र चङ्गाइको स्थलको रूपमा सोच्ने गर्दछौं। दुःख र अस्थायी कुराले भरिएको यस संसारमा हाम्रो मनले सुरक्षा स्थलको लागि उत्कट चाह गर्दछ जहाँ हामीले वास्तविक आराम पाउन सक्छौं।
असिमित शान्तिको लागि हाम्रो चाहनामा ईश्वरीय माैलिकता छ। इसाई पवित्र लेखहरू, बाइबलले एक सृष्टिकर्ता परमेश्वरको बारेमा भन्दछ जसले अनन्त, शान्त अस्तित्वको लागि मानव जातिलाई बनाउनुभयो (उपदेशक ३:११)।
तर के हामी बाइबललाई विश्वास गर्न सक्छौं? इतिहासभरिका लाखौँ मानिसहरूले यस पुस्तकबाट आनन्द र शान्ति पाएका कुरा बताउँदछन्। तर यसका शिक्षाहरू सत्य छन् भनी हामी कसरी जान्न सक्छौं?
प्रमाण १: एउटा अझै बाैद्धिक व्याख्या
वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्तिको लागि सबैभन्दा राम्रो बुझाइको रूपमा ठूलो विस्फोटको सिद्धान्त प्रस्तुत गर्छन्। यद्यपि केही वैज्ञानिकहरूले एक घातक त्रुटि स्वीकार गरेका छन्—यदि त्यहाँ विस्फोट हुनको लागि केही कुराको पहिले नै अस्तित्व छैन भने त्यहाँ कुनै विस्फोट नै हुन सक्दैन। यस त्रुटिले एक सृष्टिकर्ताको अस्तित्व थियो भन्ने कुराको सुझाव दिन्छ।
बाइबलले सिकाउँदछ कि परमेश्वरले यसका शासकहरूको रूपमा पहिलो पुरुष र स्त्रीको साथमा एउटा सिद्ध ग्रह सृष्टि गर्नुभयो। मानवजातिले उहाँको सम्मान र आज्ञापालन गरेमा तिनीहरू त्यहाँ सधैँभरिका लागि सुरक्षित र आनन्दित भएर बसून् भन्ने परमेश्वरको इच्छा थियो। यद्यपि ती पुरुष र स्त्रीले उहाँको आज्ञा नमानेर परमेश्वरबाट अलग्गिए। तिनीहरूका कार्यहरूले संसारमा अस्थायीपन र मृत्यु ल्याए (रोमी ५:१२)। त्यस बेलादेखि मानवजातिले अनन्त सुरक्षा र आरामको स्थान पाउन चाह गरेका छन्।
तर परमेश्वरले मानव परिवारलाई त्याग्नुभएन। बरु उहाँले एक उद्धारकर्ता पठाउने प्रतिज्ञा गर्नुभयो जसले हाम्रो जीवनमा दुष्टताको शक्तिलाई तोड्नुहुनेथियो र हाम्रो हृदयदेखि नैतिकता र सदाचारितालाई स्वभाविक रूपमा निस्कने बनाउनुहुनेथियो। उहाँले हामीलाई हाम्रो मौलिक घरमा फर्कनको लागि बाटो खुल्ला पार्नुहुनेथियो (यूहन्ना १४:१-३)।
प्रमाण २: विभिन्न धर्महरूमा एक उद्धारकर्ताको साझा प्रसङ्ग
सम्पूर्ण इतिहासभरि पृथ्वीलाई पुनर्स्थापना गर्ने र अनन्त जीवन प्रदान गर्ने यस अगमवाणी गरिएको उद्धारकर्ताका अस्पष्ट झलकहरू धेरै देशहरू र धर्महरूका मानिसहरूले पाएका छन्। तर बाइबलले मात्र उहाँको आगमनको समयरेखालाई भविष्यवाणी गरेको छ। यदि यस समयरेखालाई इतिहासद्वारा प्रमाणित गर्न सकिन्छ भने, हामी बुझ्न सक्छौं कि बाइबलचाहिँ यसको अनन्त विश्रामको घरको प्रतिज्ञासहित सत्य छ।
प्रमाण ३: इतिहासको प्रमाणीकरण
६०५ बि.सि. (इसा पूर्व)मा आक्रमण गर्ने बेबिलोनी सेनाहरूले इस्राएलका यहूदीहरूलाई दासको रूपमा बन्दी बनाएर लगेका थिए। यस समयमा परमेश्वरले अगमवक्ताहरू पठाउनुभयो जसले मानिसहरूलाई उहाँकहाँ फर्कनको लागि बोलाए। यी अगमवक्ताहरूले पनि उद्धारकर्ताको प्रतिज्ञाको विषयमा मानिसहरूलाई याद गराए र उहाँ कहिले आउनुहुनेथियो भनेर भविष्यवाणी गरे।
यी अगमवक्ताहरूमध्ये दानिएल एक थिए, जसले उद्धारकर्ताको आगमनको लागि विषेश ४९० वर्षको समयरेखा प्रदान गर्ने एउटा दर्शन पाएका थिए। एउटा राजाले यहूदीहरूको ध्वस्त भएको राजधानी, यरूशलेमलाई तिनीहरूले फेरि पुनर्निर्माण गर्न सक्छन् भनी आदेश दिएका वर्षदेखि यो समयरेखा सुरु हुनेथियो। त्यसपछि, ४८३ वर्षपछि उद्धारकर्ता देखा पर्नुहुनेथियो, र साढे तीन वर्षको सेवा र शिक्षापछि उहाँ दुष्ट शत्रुहरूद्वारा मारिनुहुनेथियो। त्यसको साढे तीन वर्षपछि परमेश्वरले प्रतिज्ञा गर्नुभएको पुनर्स्थापनाको सुसमाचार संसारभरि फैलिनेथियो।
यो एक अचम्मको भविष्यवाणी हो! तर के यो इतिहासबाट प्रमाणित गर्न सकिन्छ? ४५७ इसा पूर्वमा यरूशलेम सहरको पुनर्निर्माण गर्ने आदेश लागू भयो। त्यसपछि ठीक ४८३ वर्षपछि महान् शिक्षक येशूले (इस्वी संवत् २७ मा) आफ्नो सार्वजनिक सेवाकार्य सुरु गर्नुभयो। यो मिति चिनिन्छ किनभने इतिहासमा प्रख्यात रोमन सम्राट कैसर तिबेरिअसको पन्ध्रौँ वर्षमा बाइबलले येशूलाई उद्धार गर्नुहुने व्यक्तिको रूपमा चिनाउँछ (लूका ३:१-२)। अन्य धेरै प्रत्यक्षदर्शी अभिलेखहरूमा राजनीतिक र भौगोलिक कुराहरू छन् जुन ऐतिहासिक रूपमा प्रमाणित गर्न सकिन्छ। येशूले मुक्तिदाताको भविष्यसूचक समयरेखालाई पूर्ण रूपमा पूरा गर्नुभयो। तर त्यहाँ अझै छ।
भविष्यवाणीले भन्दछ कि साढे तीन वर्षपछि मुक्तिदाता “काटिनुहुनेछ, तर आफ्ना निम्ति होइन” (दानिएल ९:२६ KJV)। वास्तवमा, इस्वी संवत् ३१ मा रोमीहरूले येशूलाई मृत्यु दण्ड दिए। त्यसपछि मृत्युमाथि उहाँको विजय प्रमाणित गर्नको लागि उहाँ बौरिउठ्नुभयो। येशूका अनुयायीहरूले इस्राएल राष्ट्रभरि उद्धारकर्ताको शुभ समाचार प्रचार गरे—तर साढे तीन वर्षपछि तिनीहरूले सारा संसारभरि शुभ समाचार पुऱ्याए। यो भविष्यवाणीको अंश धेरै रोमी र यहूदी लेखहरूद्वारा पुष्टि गर्न सकिन्छ जसले यस समयमा येशूका शिक्षाहरू विस्फोटक रूपमा फैलिएको अभिलेख गर्दछन्।
अघिल्लो पृष्ठमा दिइएको रेखाचित्रले दानिएलको ४९० वर्षको भविष्यवाणीको मुख्य मिति र घटनाहरू देखाउँछ।
प्रमाण ४: परिवर्तन भएका जीवनहरू
इतिहासमा पूरा भएको यो भविष्यवाणी अचम्मको छ! तर बाइबलको सत्यताका सबभन्दा महान् प्रमाणहरूमध्ये एउटा प्रमाण भनेको यसलाई अध्ययन गर्ने र यसको शिक्षा भनेको परमेश्वरलाई स्वीकार गर्नेहरूको जीवन परिवर्तन हो। अपराधीहरूले तिनीहरूको दुष्टतालाई स्वीकार गरेका छन्। रिस, घृणा, डाह र तीतोपनले परिचालित भएका मानिसहरू अहिले कोमल र प्रेमिलो भएका छन्।
निमन्त्रणा
तपाईंको बारेमा के छ? के तपाईंले स्थायी र खुसी घर खोज्दैहुनुहुन्छ? बाइबलले त्यस्तै घरको प्रतिज्ञा गर्छ! के तपाईंलाई नवीकृत पृथ्वीमा अनन्त जीवनमा स्वागत गर्न येशूलाई बिन्ती गर्न चाहनुहुन्छ? थप जान्नका लागि यो कागजको पछाडि दिइएको जानकारीमा हामीलाई सम्पर्क गर्नुहोला!
Scripture taken from the Holy Bible translated from Received Text aligned with King James Version. Copyright © 2017 by Trinitarian Bible Society, London, England and Jeewan Marga Prakashan, Kalimpong, Darjeeling, West Bengal, India.
हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्नुहोस्
नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्नुहोस्!

तपाईंको श्रोता वर्ग खोज्नुहोस्
विशेष प्रकाशनहरू
© 2023 Sharing Hope Publications